राजविराज — शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी दलित युवतीमाथि सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपीलाई जिल्ला अदालत सप्तरीले धरौटीमा छाडिदिएको छ । अन्य आरोपी भने कारागार चलान गरिएका छन् ।
जिल्ला अदालतका दुई न्यायाधीशले एउटै मुद्दा र कसुरमा फरकफरक आदेश गरेका हुन् । मुख्य आरोपी नै सामान्य धरौटीमा छाडिनुलाई पीडित पक्षले न्यायसम्पादनमा अदालतको गम्भीर त्रुटि बताएको छ । उनीहरूले आदेशमाथि न्यायपरिषद्बाट छानबिन हुनुपर्ने माग राखेका छन् ।
