नेप्से उकालो लाग्ने क्रममा

काठमाडौं । सेयर बजार कारोबार यो साता ८.५६ प्रतिशतले बृद्धि भएको छ । गत साता भने एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको थियो । तर, यो साता बजारमा दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत साताको भन्दा कारोबार रकम ८.५६ प्रतिशत बढी हो ।

नेप्सेका अनुसार, यस साता नेपाल स्टक एक्सचेन्जमा ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरको २३ हजार ५ सय ४८ पटक किनबेच भएको थियो । गत साता भने ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु १९ हजार ७ सय १३ कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.२५ अंकले बढेर अन्तिम दिन १३०७.६६ अंकमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.१७ अंकले ब्ाढेर २ सय ७५.२८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

एक पटक पढ्नुहोस