After header

को बन्ला अबको प्रधानन्यायाधीश ?

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ।

बैठक भोलिका लागि तय भएपनि समय भने टुंगो नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।

यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो।

फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ।

बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ। यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको तीन वर्ष पुगेको छैन।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्।

एक पटक पढ्नुहोस