अब कोटेश्वरको जाम बाट केहि राहत- जडिबुटी-पेप्सीकोला सडक सञ्चालन गरिने

भक्तपुर को  लोकन्थलीदेखि कोटेश्वरसम्म दैनिक हुने सवारी जामलार्इ हटाउन सडक विभागले जडीबुटीदेखि पेप्सीकोलासम्मको सडकलार्इ बैकल्पिक प्रयोगमा ल्याउन लागेको छ ।

यो सडकलार्इ सवारी अावागमनयोग्य बनाउन शुक्रबारदेखि मर्मतका काम थालिएको छ । सडकको सतहमा ग्राभेल अोछ्याउने काम पनि शुरू भएको छ ।

मर्मत गरेपछि यो सडकबाट चाबहिल जाने गाडी चल्न दिने र बेलिब्रिज जडान गरी ललितपुर जाने गाडीलार्इ महोहरा अाँखा अस्पतालबाट टिकाथली र बालकुमारी सडक मर्मत गरी डार्इभर्ट गराउने विभागको योजना छ ।

सो क्षेत्रका प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान शुरू गरेको जनाएका थिए । यही अभियानअन्तर्गत कोटेश्वर सडक खण्डमा हुने सवारी जाम हटाउन काम भर्इरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।

एक पटक पढ्नुहोस