विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को नेपाल बन्द , ठाउँ ठाउँ मा बम फेला !

काठमाडौं – भक्तपुरको लोकन्थलीमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पनजिक प्लाष्टिकको झोलामा प्रेसरकुकर राखिएको थियो ।

स्थानीयले उक्त झोला देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जनकारी पाउनासाथ घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो ।

नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द छन् ।

एक पटक पढ्नुहोस