श्रीदेवी आफ्नो जमानामा नम्बर १ बलिउड अभिनेत्री थिइन् । उनी भाग्यमानी यस अर्थमा थिइन् कि कहिल्यै ट्रोलरहरुको निशानामा पर्नु परेन । किनकी उनको पालामा सामाजिक सञ्जाल नै थिएन ।तर, उनकी छोरी त्यति भाग्यमानी छैनन् । बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन थालेकी छन् । खासगरी उनको ड्रेसअपलाई ट्रोलरहरुले निशाना बनाउँछन् ।
हालै मात्र जान्भीको एउटा तस्वीर सार्वजनिक भयो । तस्वीरमा उनी आफ्नो जिमखाना बाहिर देखिएकी छिन् र जिमवेयर लगाएकी छन् । उनको टिशर्टले तलको कट्टु छोपिएको छ र झट्ट हेर्दा तल केही पनि लगाएकी छैनन् कि भन्ने भान पर्छ ।
तर, जान्भीले वेवास्ता गर्न सकेकी छैनन् । सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई आफूलाई हतोत्साही तुल्याउने उनी बताउँछिन् ।
