भारतीय क्रिकेटर बिराट कोहली पहिलेदेखि नै घमन्डी नै हुन् । अभिनेत्री अनुष्का शर्मासित बिहे गरेपछि उनको स्वभावमा केही सुधार आउला कि भन्ने अनुमान थियो, तर त्यस्तो भएन ।
क्रिकेट मैदानमा विपक्षी माथि आक्रामक रवैया देखाउने विराट आफ्ना फ्यानहरुलाई पनि नरम व्यवहार गर्दैनन् । हालै एउटा घटनाले फेरि यसको पुष्टि गरेको छ । बिराट आफ्नी पत्नी अनुष्कालाई अंगालो मार्दै एयरपोर्टबाट निस्कँदै गर्दा एक फ्यानले उनलाई भेट्न खोज्छन् । उनको हातमा एउटा उपहार पनि हुन्छ ।
खासमा ती फ्यानले बिराट र अनुष्काका तस्वीरहरुको कोलाज बनाएर उपहार दिन खोजेका रहेछन् । तर, बिराटको व्यवहारले उनी दुखी भएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा आएपछि बिराटको निकै ट्रोल भइरहेको छ ।
फ्यानहरले उनलाई आक्रामक रवैया आफ्नो ब्याटिङमा देखाउन भन्दै फ्यानहरुसँग विनम्र ढंगले पेश हुन सुझाव दिएका छन् । तर, बिराट अरुको सुझाव सुन्ने खालका कहाँ छन् र ।