काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी छन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।
उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
