बलिउडका महानायक मानिन्छन् अमिताभ बच्चन । उनका फ्याहरु भारतमा करोडौं छन् । उनको बारेमा नकारात्मक टिप्पणी गर्ने हिम्मत कमैले गर्छन् । तर, अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’ संज्ञा दिइन् ।
सन्दर्भ उही नाना पाटेकरले तनुश्रीमाथि गरेको यौन दुर्व्यवहारकै हो । यो प्रकरण बाहिर आएपछि धेरै बलिउड सेलिब्रिटीहरुले खुलेर तनुश्रीको समर्थनमा बोलिरहेका छन् । यसरी मुख खोल्नेमा प्रियंका चोपडा, कंगना रनावतदेखि फरहान अख्तरसम्म छन् । तर, अमिताभले भने यो विषयमा मौनता साँधिरहेका छन् ।
अमिताभलाई ईंगित गर्दै उनले भनिन्, ‘उनीहरु पर्दाभित्रका मात्रै हिरो हुन्, वास्तविक जीवनका होइनन् भन्ने पुष्टी भएको छ ।’