पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न दिने कि नदिने भनेर भारतमा केही समययता विवाद उब्जिदै आएको छ । मुस्लिम भारतीयहरु पाकिस्तानीप्रति सहानुभूति राख्छन् र उनीहरुलाई स्थान दिनुपर्ने मान्यतामा छन् । तर, हिन्दूवादीहरु चाहिँ पाकिस्तानीलाई लखेट्नुपर्छ भन्छन् ।
लखेट्नुपर्छ भन्ने लाइनका एक जना हुन् गायक अभिजित । उनले बारम्बार पाकिस्तानी कलाकारको विरोधमा बोल्दै आएका छन् । पछिल्लो पटम उनले अभिनेता सलमान खानलाई समेत यसमा मुछेर विरोध गरे । सलमानले आफ्ना फिल्ममा पाकिस्तानी गायक-गायिकालाई प्रश्रय दिएको उनको आरोप छ ।
उनले सलमानको कदको विषयमा पनि टिप्पणी गरे । उनले भने, ‘यी ५ फुटे हिरोको म कहिल्यै फ्यान भईनँ ।’ एक समय चलचित्र गायनमा अभिजित निकै चर्चित थिए । तर, पछिल्लो समय उनी खाली हात छन् । आफूले नपाएको काम पाकिस्तानी कलाकारले पाएपछि उनको मनमा कुन्ठा जमेको बुझ्न सकिन्छ ।