बुधबार बिहान विश्वभर नै एक घण्टाका लागि युट्युब ठप्प भयो । यु ट्युब नचलेपछि करोडौँ इन्टरनेट प्रयोगकर्ताहरु सोसल मिडियामा कोकोहोलो मच्चाइरहे । #YouTubeDown शीर्षक सोसल मिडियामा ट्रेण्डिङ भयो ।
झण्डै एक घण्टाको अवरोध पछि चाहीँ युट्युब खुल्यो । कम्पनीले युट्युबमा देखिएको प्राविधिक गडबडी उक्त अवधिमा समाधान गरेपछि युट्युब पुनः सञ्चालनमा आएको हो ।
यसअघि युट्युब डाउन भएलगत्तै पनि कम्पनीले ट्विट गरेर जानकारी दिएको थियो ।