बलिउडकी कन्ट्रोभर्सी क्विन राखी सावन्त अक्सर उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आउँछिन् । खासमा अहिले नाना पाटेकर र तनुश्री दत्तवीच जुन प्रसंग उठिरहेको छ, त्यही विषयमा आफ्नो तिखो बयान दिएर राखीले जग हँसाएकी छिन् ।
भनिहालौं, तनुश्री दत्तले हालै दिएको एक अन्र्तवार्तामा भनेकी थिइन् सन् २००८ मा ‘हर्न ओके प्लीज’ फिल्म सेटमा नाना पाटेकरले उनीमाथि दूव्र्यवहार गरेका थिए । अहिले राखीले नानाको बचाउँ गदै तनुश्रीको यो आरोप सरासर झुट रहेको बताएकी छिन् । त्यससँगै उनले एक भिडियो साझेदार गरेकी छिन्, जो निकै विवादित बन्न पुग्यो ।
उनले तनुश्रीलाई पनि दह्रो जवाफ दिएकी छिन् । राखीले भनेकी छिन्, ‘अब मलाई थाहा भयो कि, तिमीले यो सबै नाटक भिसाको लागि गरेकी हौ । ग्रीन कार्ड, भिसाका लागि । तिम्रो एक क्यानेडियन मुलका ब्वाइफ्रेन्ड छ, उसैसँग तिमी अमेरिकामा बस्न चाहन्छौं ।’ उनको यो भनाईमा कति सत्यता छ ? त्यो उनै जानुन् ।
