चलचित्र ‘धडक’ मार्फत यसैबर्ष बलिउडमा प्रवेश गरेकी नायिका जाहन्वी कपुरका लागि अब ठूला-ठूला प्रोजेक्टबाट अफर आउन थालेको छ ।
जाहन्वीलाई करण जोहरले बनाउन लागेको चलचित्र ‘तख्त’बाट अफर आइसकेको छ । तर, अब उनी अर्को एक नयाँ चलचित्रमा काम गर्दैछिन् ।
निर्देशक शशांक खेतान नयाँ चलचित्रको निर्देशन गर्दैछन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्रका लागि नायक बरुण धवन फाइनल भएको भारतीय मिडियाले बताएका छन् । अब, यो चलचित्रका लागि नायिकाको रुपमा जाहन्वी कपुरलाई अफर गरिएको छ । जाहन्वीले यो भूमिका निर्वाहा गर्न सक्ने भएकाले पनि उनलाई अफर गरिएको वुझिएको छ ।
