झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको छ ।
यही विचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’
राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।