प्रियंकाको बेडरुममा सेक्रेट फोटोग्राफर

पहिला आफ्ना मनपर्दो सेलिब्रेटीको एक झलक पाउनका लागि लम्बेतान पंक्तिमा उभिनुपथ्र्यो, समय प्रतिक्षा गर्नुपथ्र्यो । उनको घर बाहिर पर्खेर बस्नुपथ्र्यो ।

पहिले कतिपय सेलिब्रेटी भन्ने गर्थे कि, उनीहरुलाई प्राइवेसी चाहिन्छ । तर अहिले उनीहरु नै सोशल मीडियामा प्राइभेट तस्वीर साझेदार गरिरहेका छन् ।

अब सेलिब्रेटी आफ्नो जिन्दगीको झलक स्वय्म देखाउन थालेका छन् र रमितेहरुले त्यसलाई ठट्टामा उडाउन छाडेका छैनन् ।

चाहे तस्वीर विवाहको हो वा ड्राइंग रुमको, अभिनेता/अभिनेत्री अब देखाउन थालेका छन् कि उनीहरु कहाँ, के गर्दैछन् । कहाँ विदा मनाइरहेका छन्, कसको साथमा ?

यी तस्वीरमा उनीहरु आरम गरिरहेका क्षण हुनसक्छ । निद्राले झकाइरहेको बेला हुनसक्छ वा अरुबेलाको पनि ।

बेडरुममा फोटोग्राफर ?

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले यसैपाली विवाह गरे । विवाहपछि उनीहरुको तस्वीर छाइरहेका छन्, खासगरी सोशल मिडियामा ।

हालै प्रियंकाले आफ्ना श्रीमान्सँगको फोटो शेयर गरेकी छिन् । उक्त तस्विर बेडरुमको हो । तस्वीमार निकले एक हातमा सफट् ड्रिंकको क्यान समातेका छन्, पि्रयंका उनको छातीमा ढल्किएकी छिन् ।

फोटो क्याप्सनमा प्रियंकाले लेखेकी छिन्, ‘होम ।’

यो तस्वीर भाइरल त भयो साथसाथै ट्वीटरमा यसमाथि ठट्यौली टिकाटिप्पणी पनि भए । सामाजिक सञ्जाल प्रयोगकर्ताले सोधे, ‘आखिर त्यो सेक्रेट फोटोग्राफर को हो ?’

अनुष्का र विराटले सन् २०१७ मा विवाह गरे । दुबै न्यूजील्यान्डमा विदा मनाउन गएका थिए र त्यस क्रममा फोटो सोशल मिडियामा शेयर गरेका थिए ।

यसबीच, अनुष्काले श्रीमान् विराटसँगको एउटा तस्वीर साझेदार गरिन्, जसमा दुबै कुनै जंगलमा देखिन्थे । अनुष्काले यस फोटोका साथमा लेखेकी थिइन्, ‘बेस्ट फ्रेन्ड फरएभर ।’

मान्छेले यसमाथि टिप्पणी नगर्ने कुरै थिएन । उनीहरुले लेखे, ‘यदि फ्रेन्डजोन नै गर्नु थियो भने विराटसँग विवाह किन ?’

एक जमाना थियो, मान्छेलाई सेलिब्रेटीको जिन्दगीको बारेमा जान्नका लागि फिल्मी म्यागजिन खरिद गर्नुपर्ने । तर आज त्यस्तो छैन ।

राम गोपाल वर्माको फिल्म ‘मस्त’मा देखाइएको छ, आफ्ताबका भूमिका उर्मिलाका भूमिकाका फ्यान हुन्, जो एक अभिनेत्री हुन् ।

ऊ दिनहुँसम्म प्रतिक्षा गर्छन् उनको एक झलक पाउनका लागि । उनको पोस्टर लिन्छन् । म्यागजिन लिन्छन् । पहिले आफ्ना मनपर्दो सेलिब्रेटीको बारेमा जान्न चाहने हो भने फिल्मी म्यागजिन खरिद गर्नुपर्ने, स्टुडियो गएर उनको साक्षतकारको प्रतिक्षा गर्नुपथ्र्यो ।

अब यी सबको जरुरत छैन । सेलिब्रेटी सोशल मिडियाको माध्यामबाट जोडिएका छन् । यस सम्बन्धमा मान्छेले तारिफ पनि गर्छन्, आलोचना पनि ।

२०१८ मा दीपिका र रणवीरको विवाह भयो । विवाहको धेरै दिनसम्म धेरै कम तस्वीर शेयर भयो । तर, त्यसपछि जब रिसेप्सनको सिलसिला सुरु भयो, धमाधम उनीहरुको तस्वीर बाहिर आउन थाल्यो । अतः त्यसलाई मान्छेले ठट्टाको विषय बनाए । उनीहरुले यस कुरालाई ठट्टाको विषय बनाएका कि, अखिर रिसेप्शन कहिलेसम्म ?

एक पटक पढ्नुहोस