बबी देवलका छोरा आर्यमान बलिउडमा

बलिउडमा अहिले दोस्रो पुस्ताका कलाकारहरुको क्रेज बनिरहेको छ । जान्वी कपुर, सारा अलि खान लगायतका कलाकारले बलिउडमा आफ्नो प्रभुत्व जमाइरहेका छन् । यस्तैमा, बलिउडका चर्चित अभिनेता धर्मेन्द्रका नाती तथा बबी देवलका छोरा आर्यमानलाई पनि चलचित्रमा अफर गरिएको छ ।

यशराज प्रोडक्सनको व्यानरमा बन्ने नयाँ चलचित्रको लागि उनलाई अफर गरिएको हो । यो चलचित्रको लगानी पनि निकै उच्च रहेको बताइएको छ । तर, यस चलचित्रमा काम गर्न भने आर्यमान तयार भएनन् । पिता बबी देवलले पहिला पढाई पुरा गरेर मात्र चलचित्रमा प्रवेश दिने भनेपछि उनले यो चलचित्रलाई गुमाए । बबी देवल भने आफ्नो छोराको डेब्युलाई लिएर प्रतिक्षित छन् । बबी देवलले छोराको पढाई सकिने बित्तिकै चलचित्रमा प्रवेश गराउने समेत बताएका छन् ।

बबीले ‘रेस ३’को प्रचारको समयमा पनि छोराको डेब्युका विषयमा बोलेका थिए । उनले भनेका थिए, ‘म एकदमै खुसी छु । किनकी, मैले यती राम्रो छोरा पाएको छु । उ जम्मा १७ वर्षको भयो । म चाहान्छु कि उ केही समय पढाईमा केन्द्रित होस् । चलचित्रमा आउन अझै धेरै समय बाँकी छ ।’

आर्यमानको बलिउड डेब्युलाई लिएर धेरै प्रतिक्षित बनिरहेका छन् ।

एक पटक पढ्नुहोस