After header

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

अमेरिका – अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बन्दुकधारीले टेक्सासको एल पासो शहरमा अन्धाधुन्ध गोली चलाएको हो।  हाल उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

उनका अनुसार इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको छ।  सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोली चलेको त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिक क्रुसियस पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी डालास क्षेत्रका बासिन्दा रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।

एक पटक पढ्नुहोस