फोर्ब्सको सबैभन्दा बढी कमाउने महिला खेलाडीकाे सूची, टेनिसका धेरै

काठमाडौं– फोर्ब्स म्यागजिनले संसारमा सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडीको सूची जारी गरेको छ। सूचीमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स शीर्ष स्थानमा छिन्। उनको कमाइ २९ं.२ मिलियन डलर रहेको छ। यसमा प्राइज मनी ४.२ मिलियन डलर र विज्ञापनबाट प्राप्त २५ मिलियन डलर रहेको छ।

त्यस्तै, दोश्रो स्थानमा जापानी टेनिस खेलाडी नाओमी ओसामा रहेकी छन्। उनको कमाइ २४ दशमलब ३ मिलियन डलर रहेको छ। सुचीमा तेस्राे स्थानबाट  क्रमश  एञ्जेलिक करबर (जर्मनी), सिमोना हालेप (रोमानिया), स्लोएन स्टीफेन्स (अमेरिका), केरोलिन बोज्नियाकी (डेनमार्क), मारिया सारापोवा (रुस), केरिलोन प्लिसकोवा (डेनमार्क), वीनस विलियम्स (अमेरिका), गारबिन मुगुरूजा (भेनेजुएला), एलेक्स मोर्गन (अमेरिका), पीवी सिंधु (भारत), मेडिसन कीज (अमेरिका) र आरिया जुतानुगार्न (थाइल्याण्ड) रहेका छन्।

१२ जना टेनिस खेलाडी
सूचीमा १२ जना टेनिस खेलाडी रहेका छन्। फुटबल, ब्याटमिन्ट र गल्फबाट १/१ जना परेका छन्। त्यस्तै ५ खेलाडी अमेरिकी तथा जापान, डेनमार्क, भारत, भेनेजुएला, जर्मनी, रोमानिया, रुस, चेक गणतन्त्र, युक्रेन र थाइल्याण्डका १/१ खेलाडी रहेका छन्।

एक पटक पढ्नुहोस