नेटफ्लिक्समा नायक साहरुख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको नयाँ शो ‘बार्ड अफ ब्लड’ केही दिनमा नै सार्वजनिक हुँदैछ । यो शोको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तानी सेनाले साहरुखको आलोचना गरेको छ । पाकिस्तानका इन्टर सर्विशेज रिलेशनका प्रमुख आसिफ गफूरले साहरुखको आलोचना गर्दै कश्मीरको ताजा घटनामा ध्यान दिन आग्रह गरेका छन् ।
ट्विटरमा गफुरले लेखेका छन्–‘साहरुख खान बलिउडका सिन्ड्रोम हुन् । रका एजेन्ट कुलभुषण हाम्रो साथमा छन् । शान्ती फैलाउन र कश्मीरमा भैरहेको अत्याचारको बिषयमा बोल्नका लागि तपाइले आफ्नो स्टारडमको उपयोग गर्न सक्नुहुन्छ ।’
यो शोको ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तान साहरुखसँग असन्तुष्ट रहेको वुझ्न सकिन्छ ।