बलिउडका सफल नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको तयारीमा लागेका छन् । उनले नयाँ चलचित्र ‘पृथ्वीराज चौहान’मा हिन्दुस्तानका सम्राट राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन् । ऐतिहासिक कथामा निर्माण हुन लागेकाले पनि मिहिनेत धेरै गर्नुपरेको अक्षयले बताउँदै आएका छन् ।
यो चलचित्रमा अक्षयको जोडीको रुपमा सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लर देखिदैछिन् । मानुषीको यो डेब्यू चलचित्र हो । एक सातादेखि मानुषी चलचित्रको वर्कसपमा सामेल भइरहेकी छिन् । यो चलचित्रको लागि मानुषीले नृत्य र अभिनय पनि सिकिरहेकी छिन् ।