भारतीय कप्तान विराट कोहलीले प्रतिबन्धको नजिक पुगेका छन् ।
तेस्रो टी–२० म्याचका क्रममा दक्षिण अफ्रिकाका बेयूरन हेन्ड्रिक्ससँग अनुचित रुपमा ठोक्किन पुगेपछि उनले डि–मेरिट प्वाइट पाएका हुन् ।
दुई वर्षको अवधिमा चार डि मेरिट प्वाइन्ट पाउने खेलाडी निलम्बनमा पर्नेछन् । कोहलीले पहिलो प्वाइन्ट १५ जनवरी २०१८ मा पाएका थिए ।