बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । कुनै पनि हिन्दी चलचित्रले गरेको यो सबैभन्दा ठूलो ओपनिङ हो । चलचित्रले हिन्दी भाषामा ५१.६० करोडको कमाई गरेको छ । यस्तै, तामिल र तेलुगु भाषामा चलचित्रले १.७५ करोडको कमाई गरेको छ । योसँगै चलचित्रले पहिलो दिन भारतमा ५३.३५ करोडको कमाई गरेको हो ।
यो चलचित्रले गतबर्षको तिहारमा रिलिज भएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को रेकर्डलाई ब्रेक गरेको छ । चलचित्रमा बलिउडका दुई एक्सन नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका छ । यशराज ब्यानरले यो चलचित्रको निर्माण गरेको हो ।
योसँगै ‘वार’ यो बर्षको सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्र समेत बनेको छ । चलचित्र ‘भारत’को ४२ करोडको रेकर्डलाई यो चलचित्रले ध्वस्त बनाएको छ ।
