बलिउडकी सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा ऐश्वर्यालाई उनका श्रीमान् अभिषेक बच्चनले निकै रोमिान्टक तरिकाले शुभकामना दिएका छन् ।
अभिषेकले लेखेका छन्–‘जन्मदिनको धेरै धेरै शुभकामना, प्रिन्सीपेसा’ । अभिषेकले आफ्नी जीवनसाथीलाई राजकुमारी भन्दै शुभकामना दिएका हुन् । विश्व सुन्दरी भैसकेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या केही बर्ष अघिसम्म नम्बर १ नायिकाको स्थानमा थिइन् । तर, बिहेपछि उनको करिअर कमजोर बन्यो र उनलाई अन्य नायिकाले उछिने ।