बलिउडमा रणवीर सिंहलाई ‘भर्सटाइल’ नायकको रुपमा चिन्ने गरिन्छ । हरेक चलचित्रमा उनले आफूलाई बिल्कुलै भिन्न अवतारमा प्रस्तुत गरेका हुन्छन् । त्यसैले त नायिका तथा रणवीर पत्नी दीपिका पादुकोण भन्ने गर्छिन्–‘मैले हरेक ६ महिनामा नयाँ श्रीमान् पाउँछु ।’
अहिले रणवीरको नयाँ चलचित्र ‘८३’को पोष्ट–प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्रमा रणवीरले भारतिय क्रिकेटका पूर्व कप्तान कपिल देवको भूमिका निर्वाह गरेका छन् । चलचित्रको लागि रणवीरले निकै मिहिनेत गरेका छन् ।
कविर खानको निर्देशनमा बनेको यो चलचित्रमा रणवीरको जोडी बनेर नायिका दीपिका पादुकोणले काम गरेकी छिन् ।