पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई भन्छन्- आत्तिनु पर्ने स्थिति छैन

पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। रञ्जितले आफूलाई चार दिनअघि कोरोना संक्रमण भएको सोमबार बताएका हुन्।

युएईमा रहेका उनले कोरोना लागेको पुष्टि गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन्।

‘म सेल्फ आइसोलेसनमा छु। मलाई कोरोनाको पोजेटिभ छ। खासै त्यस्तो केहि जस्तो छ लागेको छैन। तातोपानी खान्छु। ब्यालेन्स डाइटमा बसिरहेको छु,’ सेल्फ आइसोलेसन चौथो दिन शीर्षकमा भिडियो पोस्ट गर्दै उनले भनेका छन्,’कोरोना भाइरसले गर्दा सबै मानिस प्यानिक भएको होला। तर आत्तिनु पर्ने त्यस्तो केहि छैन। मलाई भएको चार दिन भइसक्यो। तर नर्मल छु। कफ केहि छैन। कहिलेकाँही ड्राइ कफ हुन्छ।’

मिडफिल्डर रञ्जितले आफू कोठामा एक्लै बसेको बताउँदै अघि भनेका छन्,’ लेमन ल्याएको छु। जगिङ गर्दै बसिरहेको छु। साथीभाइहरु नडराउनु होला। डर मान्नु पर्ने खालको छैन। तर आफूले बार्नु पर्छ। मेरो दोस्रो परीक्षणमा के हुन्छ त्यतिबेला म तपाईहरुलाई भन्नेछु।’

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी रञ्जित सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टिममा थिए।

सो टिममा जुमानु राई, सागर थापा, विकास मल्ल, किरण चेम्जोङ, रोहित चन्दसहित विराज महर्जन, रविन श्रेष्ठ, सुमन सुवेदी, नुरराज काफ्ले र विकास सिंह क्षेत्री नेपाली टिममा थिए। यस्तै नीराजन खड्का, भोला सिलवाल, रञ्जित श्रेष्ठ, योगेश श्रेष्ठ, लक्ष्मण रुचाल, चेतन घिमिरे, सन्तोष साहुखल, अनिल गुरुङ, भरत खवास र नीराजन मल्लले ढाका सागमा खेल्ने अवसर पाएका थिए।

त्यसअघि उनले  नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट पनि खेलेका थिए।

एक पटक पढ्नुहोस