नेपालको नक्सा अविलम्ब प्रकाशन गर्न माग

काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको वास्तविक नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबारको बैठकपछि लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई फेरि निर्देशन दिने निर्णय गरेको हो ।

समितिले सीमा क्षेत्रमा भारतद्वारा अन्तर्राष्ट्रिय कानुनविपरीत भौतिक संरचना निर्माण र नेपाली भूमिबाट ढुवानी बन्द गर्न तथा सम्बन्धित मन्त्रालयको संयुक्त संयन्त्र बनाएर सीमा सुरक्षा गर्न यसअघि नै निर्देशन दिइए पनि सरकारले काम नगरेको जनाएको छ । समितिले त्यस विषयमा फेरि ध्यानाकर्षण गराएको छ ।

एक पटक पढ्नुहोस