मध्यपुर थिमि नगरपालिकाको मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमन निषेध

मध्यपुर थिमि नगरपालिकाले मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमनमा निषेध गरेको छ।

मध्यपुर थिमि नगरपालिकाले विज्ञप्ति जारी गर्दै अरनीको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य सडकमार्ग तथा बाटोहरुमा सार्वजनिक आवगमनमा पुर्णरुपले निषेध गरिएको जनाएको छ।

‘मुल सडकभित्रका सडक तथा गल्लीहरुमा स्थानीय बाहेक अरुलाई छिर्न नदिने निर्णय भएको छ।

त्यस्तै सवारी साधन कसैले पनि चलाउन पाउँदैन।

‘मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले सेतोपाटीसँग भने,’स्थानीयलाई केही समस्या परेमा त्यहीबाट सहयोग गर्ने व्यवस्था मिलाइएको छ।’

नगरक्षेत्रभित्र बसोबास गरेकाहरु बाहिर गएको भए फर्किन नदिने समेत नगरपालिकाले निर्णय गरेको छ। काठमाडौं आउने जाने गर्नेहरुकै कारण जोखिम बढेकाले यस्तो गरिएको मेयर श्रेष्ठले बताए।

‘नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा बस्ने व्यक्तिहरु उपत्यका बाहिर गएको भए फर्कि आउन नदिने र आएका भए परिक्षण नगरी प्रवेश नदिन सम्बन्धित घरधनीलाई समेत भनिएको छ’ मेयर श्रेष्ठले भने, ‘नगरपालिकाको आग्रह नमानेमा घरधनीलाई समेत कडा कारवाही गरिन्छ भने,घरलाई शिल गर्न समेत सकिन्छ।’

नगरक्षेत्रभित्र रहेका औषधि पसल तथा अति आवश्यक बस्तुका पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने भन्दै नगरपालिकाले अन्य व्यवसाय अर्को सूचना जारी नभएसम्म अनिवार्य बन्द  गर्न समेत भनेको छ।

एक पटक पढ्नुहोस