दाङका भनिएका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

काठमाडौं । शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक विवरणमा दाङका भनिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । उनी दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी भएको खुलेको हो ।  मन्त्रालयले विवरण सार्वजनिक गरेको केही घण्टामै दाङ तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी दिएका छन् ।

मेयर पाण्डेले भनेका छन्, ‘तुल्सीपुर उपमहानगपालिका– ७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौैका एक अस्पतालमा कार्यरत रहेका र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ मेयर  पाण्डेले अस्पतालको नाम नखुलाएपनि उनी त्रिवि शिक्षण अस्पतालकै कर्मचारी भएको श्रोतको दाबी छ ।

एक पटक पढ्नुहोस