लकडाउनको ५६ दिन पुग्यो, सवारी साधनको चेकजाँचमा कडाइ

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समयसम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो ।

तर देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरी कडाइ गरेको छ । सरकारले लकडाउनको समय अवधि फेरी १५ दिन थप गरी जेठ २० गते सम्म पु¥याएको छ । यस अघि तोकिए अनुसार आज (सोमबार) मध्यरात पछि लकडाउन सकिदै थियो ।

सोमबार काठमाडौं उपात्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ ।

अत्यावश्यक सेवाका बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै मानिसहरुको आवागमन पनि न्यून छ । सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ । नेपाली सेनाको पोशाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको हो ।

उपत्यकाका मूख्य सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएपनि भित्रि सडकमा भने खासै सवारी साधनको आवागमन देखिदैन् । केही अत्यावस्यक खाद्य वस्तुका पसलहरु खुलेका छन ।

मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर उपभोग्य सामग्री किनमेल गरेको देख्न सकिन्छ । छ ।

एक पटक पढ्नुहोस