पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयविच आर्थिक बर्ष २०७७–७८को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल भएको छ ।
समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समितिले स्वास्थ्य र कृषिको बजेट बढाउनुपर्ने, कृषिउत्पादन र रोजगारीलाई जोड्नुपर्ने, कृषि बिमा सरकारलेनै अनिबार्य रुपमा गरिदिनुपर्ने,कृषि उत्पादनको न्युनतम मुल्य तोकेर विक्री नभए बजार ब्यबस्थापन सरकारले गर्ने,गत बर्षका महत्वपुर्ण योजनाका साथै क्रमागत योजनलाई निरन्तरता दिनुपर्ने,गण्डकी प्रदेशका सवै नागरिकको स्वास्थ्य विमा गराउनुपर्ने लगायतका सुझाब दिएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिए ।