चितवनमा थप २ कोरोना संक्रमित

काठमाडौं । चितवनमा थप दुई थनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका–६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यसअघि चितवनमा ३ जना कोरोना संक्रमित रहेकामा उनीहरुमध्ये २ जना निको भएर घर फर्किसकेका थिए । सोसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
मन्त्रालयको शुक्रबारको अध्यावधिक विवरणअनुसार हालसम्म देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक पटक पढ्नुहोस