अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मिशिगनमा एक अटोमोटिव प्लान्टको यात्रामा जानुअघि पत्रकारसँग कुराकानी गरेका छन् ।
उनले पत्रकारलाई आफ्नो कोरोनाको परीक्षण भएको जानकारी दिए । परीक्षणको नतिजाबारे बताउँदै उनले भने, ‘मेरो कोरोनाको परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ ।’
