After header

उपराष्ट्रपति पुनलाई उपलब्ध गराइयो नेपालको नयाँ नक्सा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेकी छिन् ।

शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृहमा मन्त्री अर्यालले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सम्माननीय उपराष्ट्रपतिलाई प्रदान गरेकी हुन् ।  सो अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

एक पटक पढ्नुहोस