बर्दियाका भारतबाट आएका पुरुषमा संक्रमण

र्दियाको बढैया ताल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

केही दिनअघि भारतबाट आएर बढैया ताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैया ताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

संक्रमितलाई उपचारका लागि कहाँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

एक पटक पढ्नुहोस