३ जना मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, धादिङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र बोगटी सोही नगरपालिका-७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
जेठ ६ गते बिहान सोही ठाउँस्थित कैलाशपुर जान्छु भनी गएका उनी घर फर्की  नआएकाले खोजी गर्नेक्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिका-५ जहरखेतस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको शव आइतबार दिउँसो फेला परेको छ ।

सर्लाहीको  चन्द्रनगर गाउँपालिका-६ कामद बस्ने दुलार मुखिया पनि  आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।

एक पटक पढ्नुहोस