प्रदेश १ मा थप ४ जनाले जिते कोरोना

मोरङ । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् ।  कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए ।

यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।   घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए ।  प्रदेशमा  निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ ।

एक पटक पढ्नुहोस