आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने ।

