काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो ।
जातीय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताइन् ।
सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उजले दिइन् ।
संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । प्रदर्शनमा सहभागिहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । रुकुम घटनामा जाजरकोटका नवराज विक सहित ५ जनाको मृत्यु भएको छ । एकजना अझै वेपत्ता रहेका छन् ।