कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ ।
शनिवार सुर्खेतका ४० जना र दैलेखका ३० जना गरी जम्मा ७० जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९१६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
शनिबार थपिएका ७० जनाको परीक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो ।