After header

‘राष्ट्रघाती, देश बेचुवा को हो ? टुँडिखेलमा झुण्ड्याउनुपर्‍यो’

एउटा कुरा देशबासी जान्न चाहन्छन् फेरि यो देशमा राष्ट्रघात हुने हो कि ! राष्ट्रघाती कोको हो यो देशमा ? पहिचान गर्नुपर्‍यो । राष्ट्रघाती को को हो ? देश बेचुवाहरु कोको हुन् ? देश बेचुवाको खोजी हुनुपर्‍यो, नेपाली जनताले त्यो पनि खोजिरहेको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा नेपालको नक्सामा थियो, ५८ वर्ष पहिले । त्यो त हाम्रो जमिन छँदै थियो नि । कुन देशबेचुवाले देश बेच्यो ? स्वेतपत्र खोई जारी गरेको ? स्वेतपत्र जारी गर्नुपर्दैन ? टुँडिखेलमा राष्ट्रघातीलाई झुण्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ?

२५ वर्ष पहिले महाकाली सन्धि भयो र यही संसदबाट पारित गराइएको थियो । त्यो महाकाली सन्धि कसरी भयो ? त्यसमै थियो नि लिपुलेक, लिम्पयाधुराको स्रोत । त्यो नदीको स्रोत कता छ ? त्यो क्लियर भएको भए हाम्रो जमिन मिचिन्थ्यो र ? किन भएन ? यही संसदबाट पारित गराइयो । कसले पारित गरायो ? कसले सम्झौता गरायो ? मैले त सुनेको छु, म त सांसद पनि थिइनँ त्यसबेला । पार्टी पनि फोरेर पारित गराइयो । भो अब ! अब कस्तो राष्ट्रवादी काम गर्‍या हो ! महाकालीलाई संसदबाट पारित गराउँदा त्यो महाकालीको नदीको पत्तो नलगाउने र त्यसलाई पारित गर्ने ?

त्यसैले राष्ट्रघातीको पहिचान हुनुपर्छ । यो राष्ट्रवादी कुरा हो, खोखला राष्ट्रवादी कुरा होइन । त्यो राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्छ । कोको राष्ट्रवादी छन् यो देशमा ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? मधेसी जनतालाई त्यसरी औंला ठड्याउने काम नगरोस् राष्ट्रवादको मामलामा । कतिचोटि अग्नि परीक्षा दिने हो ? यस्तो अग्नि परीक्षा नलिनुस् । यो देशको आदिवासी जनजाति, थारुमाथि अन्याय नगर्नुस् । दलितमाथि नगर्नुस् ।

अब राष्ट्रवादी राष्ट्रघाती पनि पहिचान नेपाली जनताले गरेर त्यसलाई टुडिँखेलमा झुण्ड्याउनुपर्‍यो । श्वेतपत्र जारी गर्न पर्‍यो प्रधानमन्त्रीजी, सरकारलाई हाम्रो आग्रह छ ।

 ऐतिहासिक बैठक

हजारौंपटक संसदको बैठक बसेको छ । तर, आजको बैठक सारा नेपाली जनता, सम्पूर्ण सबै नेपाली जनता टकटकी लगाएर यो संसद बैठक हेरिरहेको छ । सारा नेपाली जनताको प्रतिनिधि यो संसदमा हामी राजनीतिक दलका रुपमा उपस्थित भएका छौं । जनताको प्रतिनिधि त्यो राजनीतिक दलले यो ऐतिहासिक दिनमा के भन्दैछ, के गर्दैछ, त्यो सम्पूर्ण नेपाली जनताको जिज्ञासा र ध्यान आजको संसदको बैठकमा छ । संचार माध्यमले पनि आजको बैठक ऐतिहासिक बैठक भनिरहेको थियो । वास्तवमा ऐतिहासिक बैठक नै हो ।

आजको समान्य प्रस्ताव होइन, देशको भूमिको सवाल हो । देशको भूमि आफ्नो नेपालको नक्सामा राख्ने सवाल हो । यो सामान्य प्रस्ताव होइन । सम्पूर्ण नेपाली जनताको ढुकढुकी रहेको छ, भावना रहेको छ ।

यो सवाल राष्ट्रियतासँग जोडिएको सवाल हो, देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको सवाल हो । त्यही सवालका रुपमा आज नेपालको नक्सा त्यो कालापानी लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राख्ने प्रस्त्ााव हो । त्यसकारण यो नेपाली जनताका लागि बडा महत्वपूर्ण प्रस्ताव हो । सम्पूर्ण नेपाली हिमाल, पहाड, तराईका जनता आफ्नो भूमिप्रति सजग छ, संवेदनशील छ । त्यो काम हामीले देखाउनुछ, देखाउँला ।

राष्ट्रियताको सवालमा पनि एकलौटी रे ! राष्ट्रियताको सवाल आउँदाखेरि त्यो मधेसीले राष्ट्रियताको कुरा गर्छ  र ! अरे ! राष्ट्रियता कसैको एकलौटी होइन, याद गर्नुस् । सबैलाई आगह गर्न चाहन्छु, राष्ट्रियता भनेको सम्पूर्ण नेपाली जनताको हो । कुनै एउटा वर्ग, एउटा जात, एउटा समुदाय, एउटा क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पंगु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन । त्यसैले, आजबाट राष्ट्रियताका परिभाषा, राष्ट्रघातको परिभाषा ठीकसँग गरिनुपर्छ र बुझिनुपर्छ ।

यस्तो संवेदनशिल घडीमा एकता देखाउने हो । नेपाली जनताको प्रतिनिधिमूलक संस्थाले देखाउने हो । नक्सालाई लिएर आएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि नेपालको हो भने त्यो चुच्चो हुने गरी आएको प्रस्ताव आएको हो ।

यो संविधानका बारेमा हाम्रा असहमतिहरु रहेका छन् । यो संविधान सबैको हुन सकेन । हिमाल पहाड तराई, मधेसी थारु, गुरुङको हुन सकेन । हाम्रा लागि पनि त्यो बनाइदिनुपर्‍यो । आज पनि संविधान संशोधनकै सवाल आएको छ । यो देशका ठूला पार्टीहरुले सहमति बनाएको थियो, सम्झौता गरिएको थियो । त्यो पीडा त भन्न पाइन्छ नि ।

 

एक पटक पढ्नुहोस