कलाको विकासमा राज्यको भूमिकामा जोड

मूर्तिकार ठाकुरप्रसाद मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने धारणा व्यक्त गरेका छ ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृङ्खलामा छ दशकदेखि आधुनिक मूर्तिकलाका क्षेत्रमा सक्रिय  मैनालीले विश्वविद्यालय, प्रतिष्ठान, केन्द्र सरकार, प्रादेशिक सरकारले कलाका क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकास गर्नुपर्नेमा  जोड दिए ।

सोफाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो भर्चुअल संवादमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान(नाफा)का पूर्वउपकुलपति उहाँले ललितकला क्षेत्रको संस्थागत विकास गर्दै समृद्ध समाज निर्माणमा कलाकारलाई सहभागी गराउनुपर्ने बताए ।

विसं २०२२ मा नेपाल ललितकला संस्था (नाफा) गठनमा सक्रिय मैनालीले नेपाली कलालाई देशव्यापी बनाउन खोजअनुसन्धानको कामलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिए ।

एक पटक पढ्नुहोस