सरकारी कार्यालय खुले पनि मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारमा छैन चहलपहल

काठमाडौं । सरकारले असार १ गतेदेखि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि प्रशासनिक निकायमा खासै चहलपहल देखिएको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनलाई केही खुकुलो तुल्याउँदै सरकारले असार १ देखि सरकारी कार्यालयहरु आवश्यक सतर्कता अपनाउँदै पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो ।
मुलुककै प्रशासनिक केन्द्र सिंहदरवारमा मंगलबार खासै चहलपहल देखिएको छैन ।

अधिकांश मन्त्रालय रहेको सिंहदरवार परिसरमा कर्मचारीहरु देखिए पनि अरु बेलाजस्तो विभिन्न काम लिएर आउने सर्वसाधारण तथा राजनीतिकर्मीहरुको आगमन देखिएको छैन ।

दिउँसो अधिकांश मन्त्रालयमा मन्त्रीका सवारी साधन पनि देखिएन ।

एक पटक पढ्नुहोस