पोखरा । गण्डकी प्रदेशका चार जनालाई कसरी कोरोनाभाइरस संक्रमण कसरी भयो भन्ने माध्यम पत्ता लाग्न सकेको छैन ।
गोरखा जिल्ला हिरासतमा रहेका एक जना युवा,कास्कीका एक ५८ बर्पिय पुरुष,पर्वतका युवा र वालिङका ९० वर्षिय बृद्धमा कोरोण संक्रमण कसरी हुन पुग्यो भन्ने कारण खुल्न नसकेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ तर संक्रमणको माध्यम भने पत्ता लगाउन सकिएको छैन ।
कास्कीका पुरुषलाई अचानक स्वास्थ्य समस्या आएर पोखराका दुई अस्पतालमा उपचार गराएर काठमाडौँ पु-याउँदा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । अहिले उनको दोस्रो र तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किका छन् । पोखरामा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर टेष्ट रिपोर्ट भने नेगेटिभ आएको छ ।
पर्वतका युवालाई भने सडक दुर्घटनापछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याईएको उनको पारिवारिक स्रोतले बताएको छ । उनलाई अस्पतालमा उपचारको क्रममा पिसिआर टेष्ट गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । तर उनी उपचाररत मणीपाल अस्पतालले भने उनलाई कोरोना संक्रमण अस्पतालबाट नभएको एक विज्ञप्ति निकालेर जनाएको छ । संक्रमितका आफन्तले भने उनले बाहिरबाट आएको कोसँग पनि सम्पर्क नगरेको दावा गरिरहेका छन् ।
यता पोखरा बस्दै आएका वालिङका ९० बर्षिय बृद्धमा पनि कोरोना संक्रमण कसरी भयो भन्ने विषय रहस्यमय बनेको छ । ती संक्रमित बृद्ध पनि गण्डकी स्वास्थ्य प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउँदै आएका थिए । ती संक्रमित वृद्ध र स्याङ्जाका मृतक केही समय गण्डकी अस्पतालको प्रिआइसोलेसनमा सँगै बसेको अस्पतालका निर्देशक डा. अर्जुन आर्चायले बताए ।
आचार्यका अनुसार संक्रमण देखिएपछि मृतकलाई आइसोलेसन कक्षमा सारिएको थियो भने ९०वर्षीय संक्रमितलाई डिसचार्ज गरिएको थिए । वृद्ध संक्रमितको आफन्तका अनुसर उनको स्वास्थ्यमा फेरि समस्या आएपछि पोखराकै
पृथ्वीचोकमा रहेको सामूदायिक अस्पतालमा भर्ना गरि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
गोरखा जिल्ला हिरासतमा रहेका युवामा पनि कोरोना संक्रमितको माध्यम अझै पत्ता लगाउन सकिएको छैन । उनलाई कोरोना संक्रमण कसरी भयो भन्ने विषय पनि रहस्यको विषय बनेको छ ।
कोरोना संक्रमणको माध्यम खोज्न कन्ट्याक ट्रेसिङ गरिए पनि माध्यम भने अझै सम्म पत्ता लगाउन सकिएको छैन ।
संक्रमणको माध्यम पत्ता लगाउन नसक्दा कोरोना संक्रमण कुन अवस्थामा पुगेको छ भनेर अनुमान गर्न पनि गाह्रो हुने विज्ञहरु बताउँछन् ।
गण्डकी प्रदेशमा रहेको ल्यावमा स्वाब परीक्षण्मा ढिलाई भएको भन्दै क्वारेन्टिनबाट निस्केर घर पुगिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आउँदा समुदायमा त्रास पैदा भएको छ । मंगलबार पोजेटीभ आएको कास्की एक युवा रिपोर्ट आउन ढिला भएको भन्दै घर गएका थिए । तर उनी घरमा पुगेपछि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना रिपोर्ट पोजेटीभ आएसँगै उनलाई पनि गण्डकी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।