रुपन्देहीको सैनामैना नगरपालिकाले सक्यो कोरोना रोकथाममा १ करोड ४६ लाख

बुटलल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलापहरुसहित खर्च विवरण सार्वजनिक गरेको छ । हालसम्म १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख चित्र बहादुर कार्कीले  राहत सामाग्री खरिदमा ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् ।

जसमा नगरस्तरीय क्वारेन्टिनहरुको निर्माणमा ३८ लाख ९ हजार ४ सय ३८, क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक र स्वास्थ्यकर्मीको जोखिम भत्तामा २१ लाख ९७ हजार ८ सय, सामूदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार ९ सय २२ रुपैयाँ खर्च भएको नगरपालिकाले जारी गरेको खर्च विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकामा दुई प्रकार क्वारेन्टिन बनाएको छ । सामुदायीक क्वारेन्टिमा नगरपालिकाले सवै भौतिकपूर्वधार निमाण गर्ने र घरबाट पोसीलो खाना बस्ने व्यतिहरुका आफन्तले ल्याईदिने गरेका छन् । प्रमुख कार्कीले प्रदेश सरकारको कार्यविधि अनुसार नै बनाएको क्वारेन्टिनमा पोसिलो खाना घरबाट आएपनि अन्य चिया खाजा, तातोपानी र मापदण्ड अनुसार बस्ने व्यवस्था मिलाएको बताए । उनले यो विधि पहाडमा अलि कठिन भएपनि तराईमा चाहिँ प्रभावकारी हुने बताए ।

यस्तै व्यक्ति वा संघ संस्थाबाट ३९ लाख १ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी विपद व्यवस्थापन कोषको लागि १५ लाख विनियोजित भएको पनि नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारबाट प्राप्त १५ लाख र रकमान्तर गरी कोषमा जम्मा १ करोड १३ लाख ९१ हजार गरी कूल १ करोड ८२ लाख ९२ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको नगरपालिकाले  जनाएको छ ।

। नगरको कोषमा अब ३६ लाख ८७ हजार ७ सय ६३ रुपैयाँ बचत रहेको  छ ।  नगरपालिकाले हालसम्म ५ हजार ८ सय ७४ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । जसबाट २१ हजार ९ सय १३ व्यक्ति लाभान्वित भएका छन् ।

एक पटक पढ्नुहोस