प्रदेश २ मा नागरिकता विधेयकविरुद्ध प्रदर्शन

जनकपुर । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णयको विरोध गरेका छन् । नागरिकता ऐन संशोधन विधेयकविरुद्धमा आइतबार जनकपुरसहित प्रदेश नम्बर २ को विभिन्न स्थलमा विभिन्न पार्टी तथा संगठनले प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल, जनता समाजावदी पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा प्रदर्शन गरेका हुन् । नेकपाले नेपाली पुरुषसँग विवाह भएको ७ वर्षपछि बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागेको सो प्रस्ताव खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । त्यस्तै प्रदेश नम्बर २ को  वीरगञ्ज, राजविराज, जलेश्वर लगायत विभिन्न जिल्ला सदरमुकाममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ७ वर्षपछि बुहारीलाई दिने अंगीकृत नागरिकताको कारण विवाहबारीलगायत नेपाल भारतबीच युगौंदेखि रहेको परम्परागत रोटीबेटीको सम्बन्ध र सांस्कृतिक सम्बन्धमा केन्द्रीय सरकारले प्रहार गरेको आरोप लगाएका छन् ।

एक पटक पढ्नुहोस