अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्नेछ ।

एक पटक पढ्नुहोस