ओखलढुंगाका कोरोना संक्रमित युवालाई विराटनगर पठाइयो

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका युवालाई उपचारका लागि कोभिड अस्थायी अस्पताल विराटनगरमा पठाइएको छ ।

उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुगाले जनाएको छ। आइतबार लिखु गाउँपालिकाका २८ वर्षीय ती युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी भारतबाट दुई हप्ताअघि नेपाल प्रवेश गरेर गाउँपालिको क्वारेन्टीनमा बस्दै आएका थिए । गत बुधबार २१ जानाको थ्रोट स्वाब संकलन गरी परीक्षणमा पठाइएकोमा ती युवामा मात्रै कोरोना संक्रमण पोजेटिभ देखिएको हो । हाल उनको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।

ती युवा करिब दुई हप्ताअघि मात्रै भारतको हैदराबादबाट वीरगन्जको ईटानगर नाका हुँदै बर्दीबासमा आएर बसेका थिए । बर्दिवासको क्वारेन्टीनमा एकदिन बसेर उनी पुनः सिन्धुलीमा आएर चारदिन क्वारेन्टीनमा बसेको खुलेको छ । त्यसपछि गाउँबाट दाजुलाई बोलाएर एम्बुलेन्स रिजर्भ गरेर सिधै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टीनमा आएर बसेको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ ।

एक पटक पढ्नुहोस