१० असार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन भन्ने विषयमा आफैँ वा कानुनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।
