देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् ।

राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी वर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२ बर्षीय सरस्वती कुमाल, १७ बर्षीया सुस्मिता कुमाल र तीन बर्षीया कृतिका कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरुले बुधवार मध्यान्ह १२ बजे घर नजिकै रहेको खेतमा भेटिएको च्याउ खाएपछि विरामी परेका हुन् । उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

यो समाचार तयार पार्दा सम्म दुई जनाको मात्र होस् आएको र बाँकि बेहोसी अवस्थामै रहेको प्रहरीले बताएको छ ।

एक पटक पढ्नुहोस