रुपन्देहीकी १३ वर्षीया बालिकको बलात्कारपछि हत्याका आरोपी जेल चलान

बुटवल  । रुपन्देहीमा केही दिनअघि अन्तरजातिय प्रेम सम्बन्धका कारण वेहुली बनाएर भित्राइए कै दिन  जंगलमा मृत  फेला  परेकी  १३ वर्षीया दलित बालिकाका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतले विहिवार  थुनामा पठाउन आदेश दिएको छ  ।

देवदह नगरपालिका वडा नम्वर ११ की १३ वर्षीया अङ्गिरा पासी र स्थानीय २५ वर्षीय बिरन्द्र भर संग जेठ ९ गते राती करिव ११ बजेको समयमा स्थानीयले आपत्ती जनक अवस्थामा फेला पारे पछि अर्को दिन  त्यहाँको वडाध्यक्ष सहितका समाज सेवी जुटेर ती बालिकाले आफुलाई भरले जबरजस्ती गरेको बताउँदा बताउँदै पनि बलात्कार मुद्धाबाट पन्छाउन उनलाई श्रीमतिका रुपमा अर्को दिन जेठ १० गते भरको घर भित्राउन पठाइएको थियो ।

भरले पासीलाई घर लगे लगत्तै उनकी आमा र ठूली आमाले दलितकी छोरी भित्राउँदैनौ भन्दै कुटपिटका साथै लछार पछार गरेका थिए । उसै दिन राति  ती बालिका रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

बालिका अभिभावकहरुले भर परिवारविरुद्ध जबरजस्ती करणी , आत्माहत्या दुरुसाहन र जातिय विभेदको मुद्धा दायर गरेपछि बिरेन्द्र भर, उनकी आमा अकाली भर र ठूली आमा सितल भरलाई पक्राउ गरि हिरासदमा राखिएको थियो । रुपन्देही जिल्ला अदालतले विहिवार   उनीहरुलाई पुर्पक्षकाका लागि थुनामा पठाउने आदेश गरेको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठौरले जानकारी दिए ।

सोही दिन रुकुम पश्चिममा पनि त्यस्तै प्रकृतिको घटना घटेको थियो । बुधवार  त्यस सोती काण्डाका आरोपीहरु मध्ये वडाध्यक्ष डम्मर मल्ल सहित २३ जनालाई पनिरुकुम पश्चिमकोजिल्ला अदालतले थुनामापठाउने फैसाला गरि सकेको छ ।

यी दुई घटनामा हँदैसम्मको कारबाहीको माग गदै देशभर दलित अधिकारकर्मी आन्दोलित भइरहेका छन् ।

एक पटक पढ्नुहोस